चन्द्रागिरी हिल्सको अधिकांश सूचकमा सुधार, खुद नाफासंगै बढ्यो प्रति सेयर आम्दानी
काठमाडौँ। चन्द्रागिरी हिल्सले आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार आएको देखिन्छ। समिक्षा अवधिमा कम्पनीको खुद नाफा ७ करोड ७७ लाख रुपैयाँ गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँले खूद घाटा व्यहोर्नु परेको थियो।
कम्पनीको सञ्चालन आम्दानी तथा अन्य आयमा समेत सुधार हुँदा यसको प्रभाव खूद नाफामा देखिएको हो। गत वर्षको यहि अवधिमा ४४ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले समिक्षा अवधिमा बढाएर ६२ करोड ९० लाख रुपैयाँ पुर्याएको छ।
चैत मसान्तसम्म कुल १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिजर्भ कोष भने ३० करोडले ऋणात्मक छ। अघिल्लो वर्षको यही अवधिसम्म ४३ करोडले ऋणात्मक थियो। समिक्षा अवधिमा सेयरधनीको सेयर पूँजीकोषको प्रतिफल ०.०६ प्रतिशत, ऋण पूँजीको अनुपात १.८४ प्रतिशत, पीई रेसियो २२७.१७ गुणा कायम भएको छ।
कम्पनीको खुद नाफा बढेसंगै प्रति सेयर आम्दानीमा पनि सकारात्मक प्रभाव देखा परेको छ। कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ७ पैसा रहेको छ। गत बर्षको यहिया आम्दानी मा कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ ०३ पैसाले ऋणात्मक थियो। कम्पनीको प्रति सेयर टवर्थ ७९ रुपैयाँ ९३ पैसा रहेको विवरणमा उल्लेख छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment