गजल : तिम्रा कुरामा

बालकुमारी घिमिरे गजलिका
३० वैशाख २०८० ७:३९
160
Shares

विश्वास मैले गर्दा तिम्रा झुटा कुरामा
पर्दै छ बाँच्नु आफ्नै राखेर दिल छुरामा

उपचार राम्रो पाए मर्ने थिएन कोही
बन्दै सिकार मान्छे हैजाको बाजुरामा

फुल्दैन प्रीत हाम्रो बन्दैन एक धड्कन
हेर्दा तिमीले घाती बन्दै सयौँ चुरामा

पर्दैन अन्न तिम्रो मुखमा बनेर अल्छी
खाऊ गरेर कर्म ताकत छ पाखुरामा

यस्तो सुरम्य राष्ट्र बन्दै छ भूतको घर
गर्दा सधैं भरोसा हामीले छाउरामा

इच्छा अझै छ उस्तै बेंसी मलाई झर्ने
बोकेर सातु सामल झोला र पन्तुरामा

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *