‘केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा रास्वपा जस्ता पार्टीमा मत गयो’
काठमाडौं। तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठक केही महत्वपूर्ण निर्णय गर्दै सकिएको हो।
एमालेले वर्षैभरि केन्द्रीय सदस्यलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने निर्णय गरेको छ। पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन केन्द्रीय सदस्यलाई ग्रासरुटमा पठाउने भएको उपमहासचिव पृथ्वी सुब्बा गुरूङले बताए।
केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष निकालेका थिए। कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए।
पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको एमाले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment