जोर्डनको शाही दरबारमा साउदी युवती बुहारी बनेर भित्रिदै

डिसी नेपाल
३१ वैशाख २०८० १४:५०
2.0k
Shares

काठमाडौँ। जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाको विवाह अर्को महिना हुँदैछ। गत मार्चमा जोर्डनकी राजकुमारीको विवाह सम्पन्न भएको एक महिनापछि शाही परिवारमा अर्काे बिबाह हुन लागेको हो।

जोर्डनको शाही परिवारकी हुनेवाली बुहारी रज्वा खालिद साउदी अरबकी हुन्। उनको जन्म २८ अप्रिल १९९४ मा रियादमा भएको थियो। उनले न्यूयोर्कको सिराक्यूज विश्वविद्यालयबाट वास्तुकलाको अध्ययन गरेकी छिन्।

सो बिबाहका लागि इन्गेजमेन्ट समारोह गत अगस्त २०२२ मा भएको थियो। आफ्नो घरमा भएकाे साे इन्गेजमेन्टका तस्बिरहरू जोर्डनकी महारानी रानिया अल अब्दुल्लाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *