लिभरपुलका चार खेलाडी यसै सिजनबाट बिदा हुने, सम्मानमा शनिवार बिशेष कार्यक्रम

डिसी नेपाल
५ जेठ २०८० ७:३३
1.1k
Shares

काठमाडौं। अन्तत: लिभरपुलका चार खेलाडीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पक्का जस्तै भएको छ।

सो क्लबका फरवार्ड रोबर्टो फिर्मिनोसहित मिडफिल्डर जेम्स मिलनर, एलेक्स च्याम्बरलेन र नेबी केइटाले सिजन समाप्त भएपछि लिभरपुलले छाडने निश्चितत भएकाके छ। लिभरपुल छाडन लागेका चारै खेलाडीको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदैछ। सो सम्झौता सकिए सँगै उनीहरुले क्लब छाडन लागेका हुन्।

लिभरपुलले बिगतमा अर्थात २०१९ मा च्याम्पियन्स लिग र २०१९/२० को सिजन प्रिमियर लिगको उपाधि जितमा यिनीहरुको महत्वपूर्ण भूमिका रहेको लिभरपुल ब्यवस्थापनले स्मरण गरेको छ।

जसकाकारण पनि लिभरपुलले शनिबार घरेलु मैदानमा हुने एस्टन भिल्ला विरुद्धको खेलमा चार खेलाडीलाई विशेष सम्मानसहित अनौपचारिक रुपमा बिदाई सन्देश दिनका लागि कार्यक्रमको आयोजनासमेत गरेको छ।

सो सम्मान कार्यक्रम पछि यस सिजन लिभरपुलले घरेलु मैदानमा खेल्ने अन्तिम खेसमेत हुनेछ। मिलनर र फिर्मिनो सँगै अर्थात २०१५ मा लिभरपुलमा आबद्ध भएका थिए। सो अघि म्यानचेष्टर सिटीमा रहेका ३७ वर्षीय मिलनरले भने प्रिमियर लिगमा ६ सय १७ खेल खेलेको रेकर्ड रहेको छ। उनी लिभरपुलवाट सर्वाधिक खेल खेल्ने सूचीको तेस्रो स्थानमा रहेका छन्।

यसैगरी, २ सय ५४ खेल खेलेर बिदा हुन लागेका फिर्मिनोले भने लिभरपुलका लागि ८० गोल गरेका छन्। ३१ वर्षीय फिर्मिनोसँगै मोहमद सलाहा र साडियो मानेको लिभरपुलमा खुबै जमेका खेलाडीको रुपमा स्मरण गरिन्छ।

केइटाले लिभरपुलका लागि सबैभन्दा कम अर्थात जम्मा १ सय १९ खेल खेल्दै ११ गोल मात्रै गरेका छन् भने चेम्बर लेनले १ सय ४६ खेलबाट लिभरपुलका लागि १८ गोल मात्र गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *