ब्राइटन माथि न्युक्यासलको सहज जीत

डिसी नेपाल
५ जेठ २०८० ७:५९
80
Shares

काठमाडौं। जारी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ। शुक्रबार विहान सकिएको खेलमा न्युक्यासलले ब्राइटनमाथि ४-१ गोल अन्तरको जित दर्ता गर्दै तेस्रो स्थान कायमै राखेको हो।

न्युक्यासले ब्राइटनका खेलाडीले गरेको आत्माघाती गोलबाट सुरुवाती अग्रता लिन सुरु गरेको थियो। ब्राइटनका डेनिज उनडभले आफ्नै पोस्टमा गोल गरेपछि २२ औं मिनटमा न्युक्यासलले १-० को अग्रता लियो।

यसैगरी, पहिलो हाफको अतिरिक्त समयमा न्युक्यासलका डान ब्रुनले थप गोल गरेपछि न्युक्यासल २-० ले अघि बढन सफल भयो। उता, दोस्रो हाफको ५१ औं मिनेटमा ब्राइटनका उनडभले गोल फर्काए पछि खेल २-१ को स्थीतिमा रहन पुग्यो।

तर, खेलको ८९ औं मिनेटमा कलुम विल्सनले गोल गरे पछि खेल ३-१ को स्थीतिसहित सहज रुपमा अघि बढ्यो। तर, त्यो लामो समयसम्म स्थिर रहन सकेन ब्रुनो रोड्रिगेजले दोस्रो हाफको अतिरिक्त समयमा थप गोल गरेपछि न्युक्यासले ४-१ को सहज जीतसहित तेस्रो स्थानमा कायम रहन सफल भयो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *