अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेशको अग्रता
बारा। मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ।
पहिलो दिनको पाँचवटा तौल समुहको सम्पन्न प्रतियोगितामा मधेश प्रदेशले दुई स्वर्ण, दुई काश्य र एक रजत पदक हासिल गरी पहिलो दिन टिम प्रथम बनेको हो। पुरुष ४० किलो तौल समूहमा नादिम हुसैन र ४३ किलो तौल समुहमा सिद्धार्थ प्रजापतिले स्वर्ण पदक हात पारेका हुन्।
त्यसैगरी पुरुष ४८ किलो तौल समूहमा लुम्बिनीका जस्मिन चौधरी, महिला ४० किलोतर्फ कर्णालीकी ललिता बुढा र महिला ४३ किलोमा बागमतीकी सदीक्षा कार्कीले स्वर्ण पदक हात पारेका हुन्।
प्रतियोगितामा नेपालका ७ प्रदेश सहित भारत, बंगलादेश, कोरिया, जापानका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको उद्धघाटन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले गर्नु भएको थियो।
आयोजक मधेश प्रदेश तेक्वान्द्यो संघका अध्यक्ष पेमासिद्धी लामाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिब दिपराज गुरुङ, राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव एवं सितेरियो कराते महासंघका अध्यक्ष युवराज लामा, निजगढ नगरपालिकाका पूर्व नगरप्रमुख सुरेश खनाल, पूर्व उपप्रमुख लिलादेवी लामिछाने, संघका महासचिव राजकुमार लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए।
५९ लाख कुल लागत रहेको प्रतियोगिताको मुख्य निर्णायकमा राखेपका तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा रहेका छन् भने निर्णायकहरुमा अन्तर्राष्टिय निर्णायक रवीन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, नविना बुढाथोकी मगर लगायतका रहेका छन्।
जिरोगीतर्फ पुरुष ७ र महिला ६ गरी १३ तौल समूह र पुम्सेतर्फ जुनियर १० वर्षको सिगल, १२ बर्ष डबल र १४ वर्षको ग्रुप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ वर्ष तल र माथि महिला पुरुष गरी चार टिम गरी २० ईभेन्टमा प्रतियोगिता भइरहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment