प्रयोग नभएका स्वास्थ्य उपकरण फिर्ता लिई अर्को अस्पतालमा पठाउनेछौं: स्वास्थ्य मन्त्री (भिडियो)

डिसी नेपाल
५ जेठ २०८० १३:२८
100
Shares

काठमाडौं ।  स्वास्थ्य मन्त्रालयले दुई बर्षसम्म पनि प्रयोग नभएका स्वास्थ्य उपकरणहरुलाई फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पतालमा पठाउने भएको छ । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कुनै अस्पतालमा दुई बर्षसम्म पनि प्रयोग नभएका वा प्रयोग हुन नसक्ने स्वास्थ्य उपकरणहरुलाई स्वास्थ्य सेवा बिभागले फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पताललाई मन्त्रालयको सहमतिमा हस्तान्तरण गरिने जानकारी दिए।

त्यस्तै उनले स्थान नभएर वा जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पताललाई स्पष्टिकरण सोधिने जानकारी दिए । अव स्वास्थ्य उपकरणहरु खरिद गर्दा न्युनतम सेवा मापदण्डले औल्याए अनुसारका सामाग्री मात्रै मन्त्रालयको समन्वयमा खरिद गर्ने, प्रत्येक अस्पताललाई आगामी २ बर्षको कार्ययोजना बनाएर पेश गर्न लगाउने र सो अनुसार आवश्यक उपकरण मात्रै खरिद गर्ने मन्त्री बस्नेतले बताए। उनले स्वस्थ्य सेवा बिभागलाई खरिद एवं वितरण प्रक्रियालाई थप व्यवस्थीत गर्न र सवै अस्पतालको उपकरण जाँच गर्न निर्देशन दिएको पनि उल्लेख गरे । मन्त्री बस्नेतले सवै संघीय अस्पतालमा ओपीडी अनलाई टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन निर्देशन दिएको बताए।

मन्त्री बस्नेतले आफ्नो जेनेभा भ्रमणका क्रममा स्वास्थ्य क्षेत्र सम्बन्धी काम गरिरहेका बिभिन्न मित्र राष्ट्रहरु दाताहरु तथा सम्बद्ध निकायहरुसंग पनि भेट गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको बिकास र विस्तार एवं सुधारका बारेमा छलफल हुने जानकारी दिए।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *