गजल : तिम्रो साथ पाए

148
Shares

गरेर काव्य साधना म भावना सजाउँछु
बजाऊ बाँसुरी तिमी म शब्द गुनगुनाउँछु

भुलेर दर्दका कुरा गरेर प्रीतका कुरा
म तिम्रो मनको बागमा तिमीसँगै रमाउँछु

चलाई पाखुरा मेरा भरेर सीपले गरा
म देशको विकासमा उषा बनेर आउँछु

इमान बेच्न तम्सिए यो देशको भने कोही
गरेर आँट दर्बिलो किनार सब लगाउँछु

सगर्व प्रेमको मिठो जोडेर साइनो जुगौं
सुरम्य जिन्दगी मेरो तिमीसँगै बिताउँछु


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *