शान्तिप्रक्रियाका बाँकी काम दुईबर्षभित्रै टुङ्ग्याउछौंः प्रधानमन्त्री

डिसी नेपाल
७ जेठ २०८० १८:४९
20
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धीत बिधेयकमार्फत शान्तिप्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउने बताएका छन्।

राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसका सन्दर्भमा वेपत्ता योद्धा परिवार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सवै दलहरुबीच सहमति बनाएर संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिधेयक पारित गर्दै दुईबर्षभित्रै शान्तिप्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुराउने बताएका हुन्।

उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिधेयकमा अपुग भएका बिषयलाई पूर्ण बनाएर यसलाई साझा बनाउने प्रयासमा सरकार रहेको धारणा राखे । उनले जनयुद्धका क्रममा वेपत्ता भएकाहरुको यथार्थ अवस्था थाहा भए चित्त बुझाउने ठाँउ हुने र परिपूणरको व्यवस्था गर्न सकिने बताए।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पुरै कोशिस शान्तिप्रक्रियाकालाई टुङ्ग्याउनेमा ध्यान केन्द्रीत भएको र यसमा गठबन्धनका दलहरुबीच एकमत रहेको र प्रतिपक्षीको पनि सहयोग रहेको धारणा राखे।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सवै दलहरु तयार भए शान्ति प्रक्रियाका बाँकी कामहरु दुई बर्षभित्र नभई एकहप्ताभित्रै टुङ्ग्याउन सकिने बताए। उनले अव जनताको हित हुने बिषयमा हामफाल्न तयार हुनुपर्ने धारणा राखे।

त्यस्तै कांग्रेसका मुख्य सचेतक सचेतक रमेश लेखकले संक्रमणकालिन न्यायसंग सम्बन्धीत बिषयमा सहमति गर्दै शान्ति प्रक्रियाका काम छिटै टुङ्गोमा पुराउने बताए। त्यस्तै एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पास हुने भन्दै यसमा साझा सहमति खोजिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *