शरणार्थी प्रकरण: आज सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी

डिसी नेपाल
८ जेठ २०८० ७:४९
68
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथिकाे अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ।

जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो।

सो प्रकरणमा पुर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिनादेखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ। हिजै बुझाउने भनिए पनि कागजातका अपुग भए पछि आज बुझाउन लागिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *