बालकृष्ण खाँणलाई भेट्न पुगिन् मञ्जु खाँण

डिसी नेपाल
८ जेठ २०८० ११:१०
5.8k
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक हिरासतमा रहेका पति बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन्।

सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन्। गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलोपटक पुगेकी हुन्। उनले यसअघि पनि खाँणलाई भेट्न जान खोजेकी थिइन्।

तर आफन्तले अहिले नजान भनेपछि उनी गएकी थिइनन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मञ्जुको पनि संलग्ता रहेको दाबी गर्दै भिडियो सार्वजनिक भएको थियो।

पति खाँण पक्राउ परेपछि मञ्जु मोबाइल अफ गरेर बसेकी थिइन्। तर उनी बिहीबार संसद बैठकमा उपस्थित भएकी थिइन्। उनी आज पति खाँणलाई भेट्न टेकू पुगेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *