शहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै
काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ।
एन्फा कम्प्लेक्सको मैदानमा थ्रि स्टार क्लब र नेपाल पुलिस क्बल एक आपसमा भिड्दै छन, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।
उता, दिउँसो तीन बजेवाट नै सातदोबाटो युवा क्लब र खुमलटारको बीचमा प्रतिस्पर्धा सुरु हुनेछ। जुन खेल दशरथ रंगशालामा हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment