कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गरिनेछ : प्रधानमन्त्री

डिसी नेपाल
९ जेठ २०८० १५:२३
36
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कूटनीतिक माध्यममार्फत सीमा विवाद समाधान गरिने बताएका छन्।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्ने जानकारी दिए।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको जानकारी दिँदै उनले थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *