नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ

डिसी नेपाल
१२ जेठ २०८० २३:१६
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकी महर्जनलाई प्रहरीले आजै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखिएको जनाएको छ । लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *