प्रतिनिधिसभाको बैठक बस्दै

डिसी नेपाल
१३ जेठ २०८० ६:२०

काठमाडौं। शुक्रबार बेलुका ६ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक आज शनिबार बस्ने भएको छ।

प्रतिनिधिसभाको बैठक विशेष कारणवस शुक्रबार नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको हो ।

संघीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *