सुर्खेतमा आज पूर्वराजाको नागरिक अभिनन्दन

डिसी नेपाल
१३ जेठ २०८० ७:०९
52
Shares

सुर्खेत। पूर्वराजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ। सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनी अपरान्ह कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने छन्।

राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनका अनुसार पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन्।

अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *