गजल : मेरो जिन्दगी

बनी हर्ष तिम्रो सदा जिन्दगीको
सजाऊँ म तिम्रै हिया जिन्दगीको

दिए साथ मेरो तिमीले अवश्य
छ पूरा हुने कामना जिन्दगीको

खटी रात दिन कर्ममा मन लगाई
म सिक्दै छु जिउने कला जिन्दगीको

मेरो खोज व्यर्थै भएको छ फेरि
कहीँ भेटिएन उषा जिन्दगीको

भयो पर्ने जीवन मेरो अप्ठेरोमा
बढाऊँ म कसरी बुता जिन्दगीको

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *