माओवादी केन्द्रले गर्यो कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान

काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई खुट्टा गुमाएर सगरमाथाको कीर्तिमानी आरोही गर्नुभएका हरि बुढामगरलाई सम्मान गरेको छ ।मंगलबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित एक कार्यक्रमकाबीच माओवादीले बुढामगरलाई सम्मान गरेको हो ।
बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेकेका थिए। उनले सगरमाथा आरोहरणमा घुँडाभन्दा माथि अंग बिच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन्।
सम्मान कार्यक्रममा बुढामगरले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले अवसर दिएर सक्षम नागरिक बनाउनुपर्ने बताए। सगरमाथामार्फत अपांगताको क्षेत्रमा सचेतना दिने कोशिश आफुले गरेको उनले बताए। उनले यसअघि सरकारले सगरमाथा चढ्न निषेध गरेपछि सर्वोच्चमा गरेर मुद्दा लडेपछि सगरमाथा चढ्न पाएको जानकारी दिए।
त्यस्तै बुढामगरलाई सम्मान गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले समाज परिवर्तन गर्ने बुढामगरको अभियानलाई माओवादीले सहयोग गर्ने बताए।
रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाउनुपरेको थियो ।
Facebook Comment