भारतीय संसदको भित्ते चित्रमा नेपाली भू-भाग राखेपछि चर्कियाे बिराेध

डिसी नेपाल
१७ जेठ २०८० ८:०५

भक्तपुर। नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ।

हालै उद्घाटन गरिएकाे भारतीय संसदमा राखिएको भनिएको भारतीय नक्सामा नेपालमा कपिलवस्तु, लुम्विनी, बिराटनगरसमेत समेटे पछि साेकाे विरोधमा जुलुश निकालेको थियो।

भारतीय संसदको नयाँ भवनभित्र राखिएको ‘अखण्ड भारत’ को भित्ते नक्सामा नेपालको भू-भाग समेत समेटिएको विषय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्कोगरी उठाएको छ।

अखण्ड भारतका नाममा कहिल्यै पनि अर्काको अधिनमा नपरेको नेपालका भूभागहरुलाई समेत राखेर भारतले संसदमा नक्सा राखेपछि यसबारे नेपालमा तीब्र प्रतिक्रिया उत्पन्न हुन शुरु भएको हाे।

प्रधानमन्त्री दाहाललाई नक्साबारे दवाव दिने गलत उद्देश्यले हो वा अखण्ड भारतमा नेपालको पनि सहमति छ भन्ने प्रमाणित गराउन हो भारतको यो बेमौसमी बखेडाले प्रधानमन्त्री दहालको भारत भ्रमणलाई ठूलो चुनौती हुन पुगेको छ।

प्रधानमन्त्री दाहाल आज चार दिने भारत भ्रमणमा जाँदैछन्।

नेपालको सार्वभौमिकतामाति चुनौती दिँदै भारतले प्रधानमन्त्रीको भारत भ्रमणको सम्मुखमा नेपाली भूभाग समेट्दै अखण्ड भारतको नाममा नक्सा सार्वजनिक गरेको छ।

प्रधानमन्त्री दाहालको आगमन लक्षित नेपाली भूभाग समावेश गरेको नक्सा प्रकाशन गर्नु भारतले तय गरेको नयाँ कुटिल चाल त होइन भन्ने शंका अहिले नेपाली राजनीतिमा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *