बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने

डिसी नेपाल
१७ जेठ २०८० ९:२८

हेटौंडा। आज बागमती प्रदेशसभा बैठक बस्दैछ। प्रदेश सरकारले प्रस्तत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका लागि बैठक बोलाईएको हो। बैठक अपरान्ह १ बजे बस्नेछ।

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सांसदहरुले धारणा र संशोधन प्रस्तावमाथि छलफल सुरु गर्नेछन्।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संसोधन हाल्नका लागि मंगलवारसम्म समय दिइएको थियो। मंगलबारसम्म आएका संसोधन प्रस्ताव माथि पनि आजबाट छलफल सुरु हुन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *