नागरिकता विधेयक प्रमाणीकरणपछि मनिषा कोइरालाले लेखिन् ‘याद आयो लेण्डुप दोर्जेको’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै अभिनेत्री मनिषा कोइरालाले ट्वीट गर्दै आफूलाई लेण्डुप दोर्जेको सम्झना आएको बताएकी छिन् ।
लेण्डुप दोर्जे तिनै पात्र हुन् जसले स्वतन्त्र देश सिक्किमलाई भारतमा विलय गराउने अभियानको नेतृत्व गरेका थिए । लेण्डुप दोर्जेकै नेतृत्वमा सिक्किममा जनमतसंग्रह गरेर सिक्किमलाई भारतको प्रान्त बनाइएको थियो ।
Yaad ayo lendup dorje ko…
— Manisha Koirala (@mkoirala) May 31, 2023
अहिले मनिषा कोइरालाले आफूलाई लेण्डुप दोर्जेको सम्झना आएको बताउँदै नेपाललाई पनि सिक्किमीकरण गर्ने प्रयास भइरहेकोतर्फ संकेत गरेकी हुन् । उनको यो भनाइ यसकारण पनि अर्थपूर्ण छ किनकि उनी नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाकी नातिनी हुन् ।
अहिलेको सरकारको प्रमुख साझेदार नेपाली कांग्रेस नै हो । कांग्रेसकै सबैभन्दा धेरै जना मन्त्री भएको मन्त्रिपरिषदबाट यो विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाइएको हो । र, प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेल पनि आजीवन कांग्रेसकै राजनीति गरेर यहाँसम्म पुगेका हुन् ।







डिसी नेपाल







Facebook Comment