बोक्न नसक्ने गरि सुन लगाएको फोटो बनाएर भ्रम सिर्जना गरियो : अध्यक्ष ओली

डिसी नेपाल
१७ जेठ २०८० १६:५९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजिएको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पशुपतिको जलहरी प्रकरणमा सत्यकुरालाई छोप्न असत्यको भ्रम छर्न खोजिएको बताएका हुन् ।

अहिले बोक्न नसक्ने गरि आफ्नो सुन लगाएको फोटो बनाएर आफुमाथि भ्रम सिर्जना गरिएको उनले बताए । ओलीले आफुले सानो हुँदा ३–४ दिन मात्रै सुन लगाएको र त्यसपछि सुन नै नलगाएको जिकिर गरे ।

सभ्यताको सुरु भएको यस धर्तिमा जे बोलेपनि हुने प्रवृति मौलाउदै गएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *