प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारको भेट

डिसी नेपाल
१७ जेठ २०८० १९:०९
260
Shares

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले भेट गरेका छन्।

चार दिने भ्रमणका क्रममा आज दिउँसो नयाँ दिल्ली पुगेका प्रचण्डलाई उनीहरूले प्रचण्ड बसेको होटेल मयुर्या पुगेर भेट गरेका हुन्।

यस्तै प्रचण्डको सम्मानमा नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका छन्। आज दिल्ली अन्तरार्ष्ट्रिय विमानस्थलमा विदेशराज्य मन्त्री मिनाक्षी लेखीले प्रचण्डलाई स्वागत गरेकी हुन्।

आजै साँझ भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका छन्।

बिहीबार प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन हुनेछ। भोलि नै मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्नेछन्। काठमाडौं फर्कनुअघि प्रचण्डले मध्य प्रदेशको उज्जैन र इनदौरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *