चक्कु प्रहार गरी दुई जनाको हत्या गरेको अभियोगमा एक जना पक्राउ
कपिलवस्तु । बाणगंगा नगरपालिका–६ मटेरिया बस्ने ७० वर्षीय बम बहादुर थारु र उनकै भतिजी १८ वर्षीया अन्जनी थारुको हत्या गरेको अभियोगमा रुपन्देही कंचन गाउँपालिका(२ बगही बस्ने २२ वर्षीय मोहन थारुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोहनले उनीहरूकै घरमा गई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बम बहादुरको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा तथा अन्जनीको सोही अस्पताल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment