आज प्रचण्डले बेलायती प्रधानमन्त्रीका ससुराको अफिस भिजिट गर्ने

डिसी नेपाल
२० जेठ २०८० ७:०७

मुम्बई। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चौथो दिनको बिहान पुरै ब्यस्त रहने छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज बिहान १२ बजेसम्म ब्यस्त रहने भएका हुन । सो क्रममा उनले तीनवटा कार्यक्रम भ्याउने छन्।

नयाँदिल्लीवाट हिजो महराष्ट्र अाएका प्रधानमन्त्री दाहालले बिहान भरी सुचना प्रबिधि सबन्धी कार्यालयको अवलोकन भ्रमण गर्नेछन्।

जसअनुसार महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि सूचना प्रबिधि सम्बन्धि विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्नेछन् भने त्यसपछि स्पेशल इकोनोमजी जोनमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। स्मरण रहाेस, इन्फोसिस बेलायती प्रधानमन्त्री ऋषि सुनकका ससुरा एन एन नारायण मुर्तिको अफिस हो।

शनिबार बिहान भरी नै ब्यस्त रहने प्रधानमन्त्री प्रचण्ड अपरान्ह १२ बजे पछि आफनो औपचारिक कार्यक्रम सम्पन्न गर्नेछन्। त्यसपछि अनाैपचारिक हुने प्रधानमन्त्री दाहाल साँभः ४ बजे नेपाल एअरलाइन्सकाे बिमानवाट स्वदेश अाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *