भेरी करिडोरको १६ किलोमिटर पिच अन्तिम चरणमा

डिसी नेपाल
२० जेठ २०८० २०:०६

हेमन्त केसी

सुर्खेत । भेरी करिडोरको जाजरकोटको पासागाडदेखि रिम्नासम्मको पिच अन्तिम चरणमा पुगेको छ । १६ किलोमिटर पिचको काम असार मसान्तसम्म पुरा हुने यति बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिए ।

भ्याटसहित १९ करोड रुपैयाँमा निर्माण कार्य अन्तिम चरणमा पुगेको पासागाड –रिम्ना सडकको अर्को आर्थिक वर्षभित्र ५६ किलोमिटर सडक पिच गर्ने लक्ष्य रहेको छ । अर्को रिम्नादेखि तल्लुसम्मको ४० किलोमिटर सडकमा समेत काम जारी रहेको छ । सडकको वारीपरी ढल निकास, फराकिलो बनाउने र ठूला(ठूला वालका काम जारी रहेको छ । अर्को आर्थिक वर्षभित्र ५६ किलोमिटर पिच गरिसक्ने अध्यक्ष केसीले बताए । यस खण्डमा भ्याटसहित १ अर्ब ८ करोड रकम खर्च हुने छ । यही सडकको बीचमा रहेका साना खोला तथा भेरी नदीमा पुल निर्माणको कामसमेत जारी रहेको छ ।

क्याराभान निर्माण प्रालिले लिएका पक्की ठूला पुलका काम भने अझैँ सूचारु गरेको छैन । अन्य बेलिब्रिज निर्माणको काम जारी रहेको छ । भेरी करिडोर जाजरकोटदेखि डोल्पाको सदरमुकामसम्मको कुल लम्वाइ ११८ किलोमिटर रहेको छ भने भेरी करिडोरको पुरै लम्वाइ ३१० किलोमिटर रहेको छ । सडक डिभिजन चौरजहारीसँग रहेको यो सडकलाई एक महिना अघिमात्र अलग बनाई भेरी करिडोर आयोजना बनाएर डोल्पाको सदरमुकाम दुनैमा कार्यालय राखेर काम भइरहेको छ । यस बीचमा रहेका पुल समेत भेरी करिडोरकै माताहातमा आइसकेका छन् ।

खलंगादेखि रिम्नासम्मको सडक डिल्पिले निर्माण गरी केही मुआब्जासमेत लिएको भेटिएकाले क्षतीपूर्तिको विषयमा समेत छलफल भइरहेको आयोजनाका दत्त लामाले जानकारी दिए । उनका अनुसार रकम बुझेको नाम र रकम लेखिएको तर कति कित्ताको बुझेको हो भन्ने नदेखिएकाले केही समस्य आएको छ । भेरी नगरपालिका–१ पिपे र रावतगाउँमा यो समस्य देखिएको उनले बताए । अर्को वर्ष जसरी नी तल्लुसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम जारी राखिएको उनको भनाई छ । तल्लुदेखि डोल्पाको दुनै सम्मको सडक मर्मतका लागि बजेट माग गरिएको भए पनि अहिलेसम्म स्वीकृत भएको छैन ।

त्यस्तै दुनैदेखि लासिक्यापसम्मको सडकलाई ट्याक ओपनको काम समेत सुरु हुन सकेको छैन । यसको ठेक्का भने लागिसकेको छ । जाजरकोट खलंगादेखि डोल्पाको दुनैसम्म पक्की पुल निर्माणका लागि ठेक्का लागेको एक वर्ष भएपनि काम अझैँ सुचारु हुन नसकेको लामाले बताए । काम छिटो गर भनेको हो तर काम नगर्ने तरिकाले समस्य बनाएको उनले बताए । त्रिदेशीय सडकको रुपमा रहेको भेरी करिडोरको सडकले यो क्षेत्रको भारी महत्व राख्ने गर्छ ।

मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा सडकलाई समेत छुने गर्दछ । त्यस्तै जुम्ला डोल्पा हुँदै मुस्ताङ जोडने सडकको समेत बीचमा पर्दछ । चिन र भारतसँग सिधा जोडने सडकसमेत यही रहेको छ । नलगाडको झुर्मेखोला, नलगाड नदी, त्रात्रगाड, चौखा स्थित ताँसुगाड, तल्लु भेरी पुलमा पक्की पुलको लागि ठेक्का भएको वर्ष दिन बिते पनि काम भएको छैन ।

भेरी करिडोरभित्र यातायात व्यवस्था कार्यालयको कडा निगरानी

यातायात व्यवस्था कार्यालयले भेरी करिडोरमा चल्ने सवारी साधनको रुट पास भए नभएको बारे निगरानी कडा बनाएको छ । कार्यालय प्रमुख आनन्द चपाइ आफैँ सडक सडकमा पुगेको सवारी साधनको जाँच गर्न थालेका छन् ।

आज भेरी नगरपालिका १ रिम्नामा जाँच गर्दा दुइ दर्जन सवारी साधनले रुट प्रमिट नलिएर सवारी साधन चलाएको पाइएको थियो । जाजरकोट सदरमुकाम सम्मको अनुमति लिएर डोल्पा सम्मका यातायातका साधन चलाउने गरेका पाइएको कार्यालय प्रमख चपाइले बताए । जिल्ला प्रशासन कार्यालयको लापरबाहीका कारण यहाँ यातायात सेवामा बिकृती फैलिएको सरोकारवाला बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *