गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा सुनवाई हुँदै

डिसी नेपाल
२२ जेठ २०८० ९:३३
532
Shares

काठमाडौँ। गौर नरसंहारको १६ वर्ष पछि आज सर्वोच्च अदालतमा सुनवाई सुरु हुँदैछ।

सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो  दर्ता भएको रिटमा आज सर्बोच्च अदालतमा सुनुवाइ हुन लागेको हो।

जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभए पछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई बिपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाई हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ।

शान्ति प्रक्रियामाा आएको तत्काकालिन नेकपा माओवादी र तत्कालिन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरे पछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो।

सो घटनामा संलग्न भएकाे भन्दै तत्कालिन फोरम अध्यक्ष उपेन्द्र यादव माथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटले सम्बोधन नगरे पछि सो घटनाका पीडित तथा आफन्तहरु सर्वोच्च अदालतत पुगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *