दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

डिसी नेपाल
२३ जेठ २०८० २०:२५

काठमाडौं । प्रहरीले रोजगारीका लागि दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाएको छ ।

झापाको दमक नगरपालिका–१० घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ बस्ने ४५ वर्षीया मुनादेवी कार्कीलाई पक्राउ गरी विभागको जिम्मा लगाएको हो ।

उनलाई सोमबार बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले बताएका छन् ।

उनले उमेश श्रेष्ठलाई दुबई पठाइदिने भनी ४ लाख ५० हजार ठगी गरेको आरोपमा पक्राउ गरी थप अनुसन्धान गर्न विभागको जिम्मा लगाइएको हो ।

उनले पीडितलाई दुबई पठाएर बाइक राइडरको काममा लगाइदिने, प्रक्रिया मिलाउन ४ लाख ५० हजार रुपैयाँ लाग्ने र काममा लागिसकेपछि मासिक एक लाख रुपैयाँ बढी तलब हुने भनी ठगी गरेको प्रहरीको दाबी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *