भूमिहीन सुकुमबासीले पाए लालपूर्जा
काठमाडौं । सरकारले भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी लालपूर्जा वितरण थालेको छ । बुधबार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठले इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुमबासीलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी हुन् । झापाको कनकई नगरपालिकाका २९ र इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले पूर्जा पाएका हुन् ।
‘यो देशमा हजारौं भूमिहीन, दलित तथा सुकुमबासी हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहीनलाई जमिन उपलब्ध गराउन द्रूतगतिमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिँदैछ । आजदेखि औंपचारिक रूपमा हामीले भूमिहीनलाई पूर्जा वितरण सुरु गयौं, यो अभियान देशभर चुस्तदुरुस्त जान्छ ।’
भूमिहीन दलित सुकुमबासीलाई भूमी माथिको पहुँच पुर्याउने उदेश्यका साथ तीन तहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको भन्दै अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताइन् ।







डिसी नेपाल







Facebook Comment