मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

डिसी नेपाल
२५ जेठ २०८० १०:४४
164
Shares

महेन्द्रनगर। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित हुन्।

उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो। उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत हुन्। डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *