नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा मेरो विमति छ: रवि लामिछाने (भिडियो)

डिसी नेपाल
२५ जेठ २०८० १३:५९

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै लामिछानेले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरेको भए छलफल हुने र अहिलेको संसदमा रहेका सवैले स्वामित्व लिने अवस्था बन्ने भएपनि विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको बताएका हुन्।

उनले नागरिकता बिधेयकमा बोरमा रास्वपा कुनै समूदायको विरोधमा छ भनेर जनतालाइ गुमराहमा राख्न खोजिएको जिकिर गरे। आफुलाई नागरिकले नागरिकता नपाउनुको पीडा आफुलाई थाहा रहेको भन्दै उनले जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकारको सुनिश्चित हुनुपर्ने बताए।

उनले एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्मसम्मानमा ठेस पुग्न सक्ने धारणा राखे । त्यस्तै उनले सरकारले ल्याएको बजेटको कार्यक्रमबीच तालमेल भेट्न नसकेको बताए।

जनतासंग भोट माग्दा शिक्षा, स्वास्थ्य लगाएतका बिषयमा प्रतिवद्धता जनाएकाले यस बिषयमा आवश्यक नीति बनाउदा सवै दलहरु एकठाँउ आउनुपर्ने उनले बताए। त्यस्तै उनले नयाँ पुस्ताका राजनीतिज्ञहरुलाई पुरानो पुस्ताका नेताहरुले सिक्ने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरे।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *