निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुँदै

डिसी नेपाल
२६ जेठ २०८० ६:४०
48
Shares

काठमाडौं। आज निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल हुँदैछ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/८१ को बजेट बक्तब्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरे पछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरुलाई छलफलमा बोलाएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको छ। उनका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय खारेजीसँग बिभिन्न बिषयमा छलफल हुनेछ।

आज निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलका लेखापरीक्षणको सम्बन्धलगायतमा छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *