लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने

डिसी नेपाल
२६ जेठ २०८० ८:३१
56
Shares

दाङ। लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक हुँदैछ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो। जसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजे बोलाइएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि सोही अनुसार तयारी गरेको प्रदे संसद सचिवालयले जानकारी दिएको छ।

‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *