स्वयंसेवी रक्तदान र सहज ब्यवस्थापन बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न

डिसी नेपाल
२६ जेठ २०८० २२:५४

काठमाडौं। विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एसिशियसन नेपाल (ब्लोदान)को आयोजनामा परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा स्वयंसेवी रक्तदान र सहज ब्यवस्थापन बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्री प्रसाद अधिकारीको प्रमुख अतिथ्यता, ब्लोदानका केन्द्रिय अध्यक्ष इ. सानुबाबु प्रजापतिको सभापतित्वमा सम्पन सो कार्यक्रममा वीर अस्पतालबाट डा. निरज सिङ, केन्द्रिय रक्तसञ्चार सेवाबाट निर्देशक दिब्यराज पौडेल, कान्तिपुर अस्पतालका इन्चार्ज टिकाराम मण्डल लगायत सहभागी थिए।

कार्यक्रममा बोल्दै टिकाराम मण्डलले रगत माग गर्दा प्रक्रिया नपुगेको देखिएको र लगेको रगत सबै खपत नभएमा सम्बन्धित रक्तसञ्चार सेवामा फर्काइदिएमा अभाव कम हुने बताए। उनले शनिबार बढी रगत संकलन हुने भएकोले अन्यबारहरुमा पनि नियमित गर्नु पर्ने आवश्यकता रहेको औंल्याए।

त्यस्तै परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका पर्शुराम दाहालले रगत ब्यवस्थापनमा अस्पतालको बढी भुमिका रहने भएकाले ब्यवस्थापनमा ध्यान दिन सकेमा रगत ब्यवस्थापन गर्न सहज हुने बताए।

सोही कार्यक्रममा केन्द्रिय रक्तसञ्चारका पुर्व निर्देशक डा. मनिरा राजकर्निकारले समयमा रगत ब्यवस्थापन हुन नसकेकोमा बिरामीको उपचारमा समस्या आउने बताइन्। रगतको संकलन परिक्षण गर्दासम्म गुणस्तरमा ध्यान दिनुपर्ने उनको भनाई थियो।

विश्व रक्तदाता दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत शनिबार विहान ७ बजे चःमति चोक खुसीबुबाट बलम्बुसम्म जनचेतनामुलक साइकल र्‍याली गर्ने भएकाले सहभागीताको लागि ब्लोदानले आह्वान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *