मोजाम्बिकको एउटा रुबी साढे ४ अर्बमा बिक्यो

डिसी नेपाल
२८ जेठ २०८० ११:२५
972
Shares

काठमाडौं । ५५.२२ क्यारेटको रुबी अमेरिकामा ३४.८ मिलियन डलरको रेकर्ड मूल्यमा बिक्री भएको छ । नेपाली रुपैयाँमा यो मूल्य करिब ४ अर्ब ५८ करोड रुपैयाँ हुन्छ।

यो रत्न गत वर्ष मोजाम्बिकको काबो डेलगाडो राज्यको मोन्टेपियोज क्षेत्रमा रहेको खानीबाट फेला परेको थियो। चरमपन्थीहरूले यस क्षेत्रमा वर्षौंदेखि युद्ध गरिरहेका छन्।

काबो डेल्गाडो एक गरिब क्षेत्र हो, तर यसमा विशाल खनिज भण्डारहरू छन्।

यस क्षेत्रमा रोजगारीको अवसर नहुँदा पनि अतिवादी चरमपन्थीहरुको उदय हुनुको प्रमुख कारण रहेको विज्ञहरु बताउँछन् । सन् २०१७ पछि यस क्षेत्रमा द्वन्द्व सुरु भएको हो ।

लिलामी घर सोथेबीका अधिकारीहरूले रुबीबाट प्राप्त आम्दानीको केही अंश मोजाम्बिकमा खानी, इन्जिनियरिङ र खेतीमा प्रविधि विकास गर्न खर्च गरिने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *