भीषण वर्षा र चट्याङमा परेर २८ जनाको मृत्यु, १४० भन्दा बढी घाइते

डिसी नेपाल
२८ जेठ २०८० ११:५०
3.8k
Shares

इस्लामाबाद। पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वा को बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाइते भएका छन्। बाढीका कारण ६९ घरमा आंशिक क्षति भएको छ। पाकिस्तानी प्रसारण संस्था जियो न्यूजले जनाएको छ।

प्राधिकरणका अनुसार करकमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। वर्षाका कारण डेरा इस्माइल खानमा एक बालकको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

बाढी प्रभावित खैबर पख्तुनख्वाका सबै क्षेत्रमा खोजी तथा उद्धार जारी छ। पीडितहरूलाई राहत सामग्री उपलव्ध गराइएको तथा त्यो अहिले जारी रहेको उद्धारकर्मीले बताएका छन्। घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ। आँधीबेहरीसहितको भारी वर्षाले पञ्जाब प्रान्तका धेरै क्षेत्रमा भौतिक क्षति भएको छ। प्रान्तका सरगोधा, गुजरनवाला, फैसलाबाद अधिक प्रभावित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *