अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

डिसी नेपाल
२९ जेठ २०८० १०:५९
3.7k
Shares

सिड्नी। अस्ट्रेलियामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

अस्ट्रेलियाको मदिरा क्षेत्रमा विवाहबाट फर्किएकाहरु सवार बस न्यू साउथ वेल्सको हन्टर भ्यालीस्थित ग्रेटानजिकै दुर्घटना हुँदा सो हताहती भएको हो। दुर्घटनामा परेका २५ जनाभन्दा बढी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।

यात्रुहरू आइतबार राति विवाहबाट फर्किरहेका थिए। प्रहरीले दुर्घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाएको छ। बसका चालक ५८ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान र आफन्तलाई सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाप्रति दुःख ब्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *