चीनको नानजिङ र बंगलादेशबीच हवाई मार्गमार्फत् कार्गो सेवा सञ्चालन

डिसी नेपाल
२९ जेठ २०८० १३:०१
1.1k
Shares

चीन। पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बंगलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ।

“पूर्वी चिनियाँ शहर नानजिङले पहिलो पटक दक्षिण एशियालाई जोड्ने हवाई कार्गो सेवा सुरु गरेको छ,” चिनियाँ भन्सार कार्यालयले जानकारी गराएको छ।

यो मार्ग प्रत्येक बुधबार, बिहीबार र शुक्रबार नियमित रूपमा सञ्चालन हुने तालिका छ भने यसबाट वार्षिक दुई हजार ८०० टन भन्दा बढी मालसामान ढुवानी हुने अपेक्षा गरिएको छ।

“नानजिङको वरपरका क्षेत्रहरूमा पूर्ण आपूर्ति श्रृंखलाको साथ ठूलो मात्रामा टेक्सटाइल उद्योग छ। यहाँ उत्पादित कपडाहरू अन्तर्राष्ट्रिय ग्राहकहरू बीच लोकप्रिय छन्, र नयाँ खोलिएको हवाई कार्गो मार्गले स्थानीय उद्यमहरूलाई उनीहरूको वस्तुहरू निर्यात गर्नका लागि पहुँच प्रदान गर्दछ,” चिनियाँ अन्तर्राष्ट्रिय रसद कम्पनीका कर्मचारी बी हेन्फेनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *