चीनले आफनो देशमा बाँकी अन्तिम भारतीय पत्रकारलाई देश छाड्न आदेश दियो
काठमाडौं । चीनले भारतका अन्तिम पत्रकारलाई पनि देश छाड्न भनेको छ । ब्लूमबर्ग रिपोर्ट स्रोतका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका रिपोर्टरलाई यसै महिना देश छोड्न भनेका छन्।
ययी पत्रकारले देश छोड्नेबित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा कुनै पनि भारतीय पत्रकार बाँकी रहने छैनन् । यो यस्तो समयमा भएको हो, जब दुई देशबीचको द्वन्द्व निरन्तर बढिरहेको छ ।
यस वर्षको सुरुमा चार भारतीय पत्रकार चीनमा थिए। हिन्दुस्तान टाइम्स रिपोर्टर सप्ताहन्तमा देश छाडे, जबकि हिन्दू र प्रसार भारतीका पत्रकारहरूको भिसा यस वर्ष अप्रिलमा नवीकरण गरिएको थिएन।
गत महिना चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेका थिए कि भारतमा एक चिनियाँ पत्रकार बाँकी छन्, जो अझै आफ्नो भिसा नवीकरणको लागि पर्खिरहेका छन्। यसअघि भारतले सिन्ह्वा न्यूज एजेन्सी र चाइना सेन्ट्रल टेलिभिजनका दुई पत्रकारको भिसा नवीकरणको आवेदन अस्वीकार गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment