कविता : नेपालीको भाग्य मासिएको दिन ‘जेष्ठ १९’

ईश्वर अर्याल
३० जेठ २०८० १०:४९
316
Shares

कर्णालीसँग मित लाएका थे
कञ्चन्जंघाको गीत गाएका थे
तराईको माटो चिनेका थे
हिमालको हिँउ जानेका थे
मेचीमा मुख धोएका थे
फुत्त गण्डकी तरेर
महाकालीको पानी पिएका थे!

जनतासँग दिल खोलेर हाँस्थे
दुखीलाई मन खोलेर सहयोग गर्थे
न कसैलाई बिझेको थ्यो
न कसैलाई घोचेको थ्यो,
हामीलाई थाहा नभएर के भो र
पराईलाई भत्-भत्ति पोलेको थ्यो
त्यसैले त आजको दिन रचिएको थ्यो
त्यसैले त आजको दिन रचिएको थ्यो!

भन्ने ले जे सुकै भनुन,
म त भन्छु आज समाजमा इमान सकिएको दिन,
देशको स्वाभिमान सकिएको दिन
माटो नबुझ्नेहरुका लागि
जिम्मेवारी थपिएको दिन
विदेशीका लागि राजसंस्था सकिएको दिन
कसैका लागि साधारण होला यो दिन
तर नेपालीका लागि असल अविभावक सकिएको दिन,
हाम्रा लागि इतिहास सकिएको दिन
नेपालीका लागि भाग्य सकिएको दिन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *