नर्भिक अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, कस्तो आयो रिपोर्ट ?

डिसी नेपाल
३० जेठ २०८० १२:३१
1.0k
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ। प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो।

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए। करिब डेढघण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *