गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ
छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको पौडेलको एन्जिओग्राम गरिएको छ ।
उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ । “राष्ट्रपति पौडेललाई हाल सामान्य अब्जर्भेसनमा राखिएको छ” निजी चिकित्सक डा निरज बमले भने ।
राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ ।
यसअघि राष्ट्रपति पौडेलको गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरिएको थियो । उनी उपचारपछि वैशाख १७ गते स्वदेश फर्किएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment