कस्तो छ राष्ट्रपतिको स्वास्थ्यावस्था ?

डिसी नेपाल
३० जेठ २०८० १८:५२
300
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न गएका राष्ट्रपति  पौडेललाई भर्ना गरिएको जानकारी दिए ।

निर्देशक डा. अधिकारीका अनुसार उनका चिकित्सकको सल्लाह अनुसार राष्ट्रपति  पौडेललाई २४ घण्टा अस्पतालमा अवलोकनमा राखिएको छ ।  बुधबार डिस्चार्ज गर्ने तयारी भएको अधिकारीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *