रुसी प्रहारवाट ६ युक्रेनीको मृत्यु, दर्जनौं घाइते
किभ। युक्रेनको ओडेसा सहरमा रुसी मिसाइल आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ। रुसको सेनाले युक्रेनको दक्षिणी सहर ओडेसामा रातारात मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो।
उक्त हमलामा एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जानकारी दिएको छ। आक्रमणबाट धेरै घर, पसल र गोदाममा क्षति पुगेको छ । रुसी सेनाले सो क्षेत्रमा प्रहार गरेका नौवटा क्रुज मिसाइल र ड्रोनलाई भने युक्रेनी सेनाले खसालिएको दिएको छ।
क्षेत्रीय प्रशासनले कालो सागरबाट भएको आक्रमणमा समुद्रबाट प्रहार गरिएका चारवटा कालिबर क्रुज मिसाइलहरू समावेश भएको बताएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment