महानगरले बन्द गरायो हिसान शैक्षिक मेला

डिसी नेपाल
३२ जेठ २०८० १७:००
1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंको भुकुटीमण्डपमा सुरु भएको हिसान शैक्षिक मेला बन्द गराएको छ ।

आवश्यक प्रक्रिया पुरा नगरि शैक्षिक मेला सुरु गरेको भन्दै महानगरले एकदिनका लागि मेला बन्द गराएको हो । महानगरले स्थानीय तहसंग आवश्यक समन्वय नगरेको, एसइइको नजिता प्रकाशित नहुदै विद्यार्थी प्रक्रिया अघि बढाएकाले मेला बन्द गराउनुपरेको जनाएको छ ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहका सचिवालयका सदस्य सस्मित पोखरेलले महानगरले कलेजका बारेमा जानकारी दिन पाउने भएपनि विद्यार्थीहरुको नाम संकलन गर्ने, विद्यार्थीहरु भर्ना गर्ने, विवरण लिने काम नगर्न भनेपनि त्यस विपरितको कार्य भएको पाइएकाले मेला बन्द गरिएको जानकारी दिए ।

मेलाको बारेमा महानगरमा विस्तृत रुपमा जानकारी आएको खण्डमा र प्रक्रिया पुराएर अघि बढे शुक्रबारबाट मेला आयोजना गर्न सहमति दिइने महानगरले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *