‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्दप्रति बालेनको आपत्ति, नसच्चिएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न नदिने

डिसी नेपाल
३२ जेठ २०८० २०:४७
1.4k
Shares

काठमाडां । काठमाडौं महानगरका मेयर बालेन शाहले शुक्रबारदेखि विश्वव्यापी रूपमा प्रदर्शन हुन लागेको दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्दलाई लिएर आपत्ति जनाएका छन्।

उनले सामाजिक संजालमार्फत फिल्ममा समावेश भएको उक्त शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन्। बालेनले नेपालमा मात्र नभई भारतमा पनि सो शब्द सच्चिनुपर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *