नेहरू संग्रहालयकाे नाम परिवर्तन, कांग्रेसले भन्यो- प्रतिशोधको अर्को नाम मोदी
नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्ववत पहिचानलाई मेटाउने कार्यलाई निरन्तरता दिईरहेका छन्। सोही क्रममा जवहारलाल नेहरुको नाम हटाउने कार्य उनले यसैबखत गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्लीस्थित नेहरू मेमोरियल म्युजियम एण्ड लाइब्रेरीको नाम परिवर्तन गरिदिएका छन्। सो नाम परिवर्तन गरेर प्रधानमन्त्री संग्रहालय तथा पुस्तकालय नामाकरण गरिएको छ।
कांग्रेसले नेहरू स्मारकको नाम परिवर्तन गरेकोमा मोदी सरकारलाई खुलेर आलोचना गरेका छन्। सो कार्य प्रति टिप्पणी गर्दै कांग्रेस नेता जयराम रमेशले भने, ‘मोदी संकीर्ण सोच र प्रतिशोधको अर्को नाम हो।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment