बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट, हेर्नुहोस् पूर्णपाठ

डिसी नेपाल
१ असार २०८० १८:०२
164
Shares

बागमती। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ।

शुक्रबार बागमति प्रदेश सभामा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले ६२ अर्व बढिको बजेट प्रस्तुत गरेका हुन्।

कुल विनियोजनमध्ये चालुतर्फ चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्थातर्फ रु. ५० करोड विनियोजनक गरिएको मन्त्री लामाले जानकारी दिए।

त्यस्तै बजेट कार्यान्वयनका लािग खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरेको लामाले बताए।

उनले बजेटमार्फत कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए

उनले प्रदेशको सवलीकरण र संस्थागत सुदृढिकरण तथा सुशासन प्रवद्र्धन गर्ने उदेश्यका साथ बजेट तर्जुमान गरिएको बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *