यसरी राखिएकाे थियाे त्याे बेला सुनकाे जलहरी, जुन अहिले निकै विवादमा परेकाे छ (तस्वीरसहित)

डिसी नेपाल
४ असार २०८० १३:१६

काठमाडौं। फागुन १२ बुधबार, २०७७ सालमा पशुपतिनाथ मन्दिरमा जलहरी राखिएको विषयले यतिबेला चर्चा पाएको छ।

केही दिन अगाडि मात्रै प्रतिनिधिसभा बैठकमा माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको भन्ने अभिव्यक्ति दिएपछि यो विषय फेरि चर्चामा आएको थियो।

जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद दाहालले केपी ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको अभिव्यक्ति दिएपछि एमालेले विरोध गर्दै सदनसमेत अवरुद्ध पारेको थियो। पछि सो अभिव्यक्ति रेकर्डबाट हटाइएपछि संसद सुचारु भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनकाे जलहरी राख्ने निर्णय भएको थियो।

सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विवादबीच पशुपतिनाथ मन्दिरमा १२ फागुन ०७७ मा एक सय आठ किलो सुनको जलहरी अनावरण गरेकी थिइन्।

करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्। जुन अहिले किनै विवादमा परेकाे छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *